importance of education essay in nepali

 

शिक्षाको महत्व निबन्ध नेपालीमा | importance of education essay in nepali | Essay on importance of education in Nepali

शिक्षाको महत्व निबन्ध


शिक्षाको महत्व


शिक्षा शब्दको अर्थ कुनै पनि कुरा सिक्नु अध्ययन गर्नु वा ज्ञान आर्जन गर्नु हो | आजको युगमा शिक्षा भनेको मानवजातिको तेस्रो आँखा झैँ हो | यसले ज्ञानको किरण दिन्छ | शिक्षा मानवजातिको सुन्दर आभूषण हो भने शिक्षित व्यक्ति हरेक राष्ट्रको सुन्दर गहना हो | शिक्षा एक यस्तो माध्यम हो जसले हरेक व्यक्तिलाई सफलताको ढोकासम्म डोर्याउन सक्छ | शिक्षित मानिसले जीवनका जस्तासुकै परिस्थितिसँग नडराई धैर्यताका साथ भिड्न सक्छ | शिक्षाको उज्यालो घामबाट बन्चित भएको व्यक्तिले मानव जीवनको महत्वलाई बुझ्न सक्दैन | अशिक्षित मानिस जीवनमा अपाङ्ग हुन पुग्छ  जीवनको पूर्ण आनन्द लिन सक्दैन |  मानिस धर्तीमा जन्मन साथ उसको सिक्ने प्रक्रिया आरम्भ हुन्छ  उसको अन्त्यसँगै सकिन्छ | 


आमाले बालकलाई काखमा राखेर आमा-आमा भन्न सिकाउँछिन् बालकले त्यस्तै अनुकरण गर्न खोज्छ  मा-मा भन्न थाल्छ गाईले  कराएको  सुने पछी बालक गाईलाई बा-बा भनी बोलाउन थाल्छ | बालकलाई यसरी बोल्न सिकाउने मात्र होइन सफा-सुग्घर हुन ठूलाबडालाई आधार गर्न  सानालाई माया गर्न पनि आमाले नै सिकाएकी हुन्छन् |  शिक्षा आर्जन गर्ने स्थान भनेको विद्यालय हो विद्यालयहरु भनेका शिक्षाका पबित्र मन्दिर हरु हुन् जहाँ बसेर व्यक्तिले ज्ञान आर्जन गर्न सक्दछ |


घामनदीपहाड  वृक्ष वनस्पति बाट पनि मानिसले शिक्षा आर्जन गर्न सक्छन् जस्तै नदीबाट कहिले नजम्ने  गतिशील भईरहने कुरा सिक्न सकिन्छ भने हिमालयबाट स्वभिमानको पाठ सिक्न सकिन्छ रूखबाट शीतल सहारा दिएर मीठा मीठा फलहरुको दिएर परोपकारी निस्वार्थी हुने कुरा सिकिन्छ भन्ने कमिलाका ताती बट संगठनको महत्व  उपलब्धीको बारेमा सिक्न सकिन्छ  यसरीनै प्रकृतिबाट नै थुप्रै ज्ञानगुनका कुराहरु सिक्न सकिन्छ |


अहिलेको युगमा शिक्षा आर्जन गर्नका लागि थुप्रै विद्यालयहरुको खुलेका छन् त्यहाँ गएर मानिसहरूले आफूभित्र रहेको अज्ञानका  पर्दालाई धुजाधुजा पार्नसक्छ | जुनजुन देशमा शिक्षाको उचित विकास भएको  ती ती देशहरूले विकासको शिखरमा पुग्न सफल भएका छन् | तर जहाँ-जहाँ अशिक्षा  ज्ञानको अन्धकार  त्यहाँका जनताले पशुवत नारकीय जीवन भोग्नुपरेको  |  धेरै ठाउँमा अशिक्षा कारणले अन्धविश्वास फैलिएको  देशमा पछौटेपन  गरिबीले विषालु नङ्ग्रा गाडेको  भोक रोग  शोकले गाँजेको  भने शिक्षाको उज्यालो घामको न्यानो किरणले पाएका मुलुकहरूले विकासको गतिमा अग्रता हासिल गरिरहेको   | 


आज भने शिक्षामा बिकृतिहरु मौलाउन थालेका छन् आज शिक्षा पाएर व्यक्तिले बाँच्नका लागि रोजगारको भिक्षा माग्नु परेको देखापरिरहेको  यस्तो शिक्षा आर्जन गर्नु कुनै महत्व हुँदैन आज शिक्षा आर्जन गरेका शिक्षित बर्गहरु प्रशस्त छन् उनीहरुसँग एमबिबिएस ईन्जिनियरिङ सम्म योग्यताको प्रमाणपत्र पनि  तर तिनीहरु आफैं बाँच्न नसक्ने अनि आफ्नो खुट्टामा उभिन सक्ने लायकका छैनन् | शिक्षामा व्यापारीकरण  औद्योगिकरण भइरहेको  शिक्षालयहरु बोडिङ सुनको फुल पार्ने कुखुरी बनेका छन् भने त्यहाँबाट निस्कने शिक्षित बर्गहरु प्रमाणपत्र लिएर अलपत्र भएका उदाहरण पनि देखिएकै छन् | यस्तो शिक्षा  यस्ता विद्यालयहरूको कुनै महत्व हुँदैन यसले मुलुकलाई विकासको चुलीमा होइन विनाश तीर पुर्याउन सक्छ आज हामीलाई मुलुकको हावापानी  माटो सुहाउँदो शिक्षा चाहिएकोछ रोजगारमूलक प्रविधि एवं व्यवसायिक शिक्षाको आज खाचो  |  त्यसैले यस विषयमा सरकारले आफ्नो ध्यानाकर्षण गर्नु एकदमै जरुरी  |


यसर्थ शिक्षा मानवजातिको सुन्दर आभूषण हो भने शिक्षित व्यक्ति हरेक राष्ट्रको सुन्दर गहना हो शिक्षाले नै मानिस तथा देशको विकासका लागि ठूलो भूमिका खेल्छ यसले सुख सभ्यता  ऐश्वर्य प्रदान गर्न सक्दछ | व्यक्ति जाति  राष्ट्रको उन्नतिमा शिक्षाले सबैभन्दा ठूलो भूमिका निभाएको हुन्छ त्यसैले जीवनकालागि शिक्षा अतिआवश्यक महत्वपूर्ण वस्तु हो |


tags: essay on importance of education in nepali,  essay on importance of education, shikshya ko mahatwa nibandha, essay on importance of education in nepali language.


Post a Comment

Please do not enter any spam link in the comment box.

Previous Post Next Post